
एजेन्सी । म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण ४५ हजार बढी मानिस बिस्थापित भएका छन् ।
शुक्रवारदेखि जारी भीषण वर्षाका कारण आएको बाढीबाट हालसम्म ४५ हजार भन्दा बढी मानिसि बिस्थापित भएको त्यहाँको सामाजिक कल्याण, राहत र पुनर्वास मन्त्रालयले जनाएको छ ।
विपद् व्यवस्थापन विभागका निर्देशक डाउ ले श्वे सिन ओलेका अनुसार सोम राज्यका तीन र राखिन राज्यका दुई जना गरी पाँच जनाको मृत्यु भएको छ ।
मनसुनको समयमा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र र प्रदेशमा काचिन, केइन, बागो, मगवे, मोन र राखाइन पर्दछन् । विपद् व्यवस्थापन विभागले बाढी पीडितलाई सहयोग गर्न देशभर १ सय ९ वटा आश्रयस्थल बनाएको छ ।
अधिकांश आश्रयस्थलहरू मोन, केइन र रखाइन राज्यका साथै बागो क्षेत्रमा अवस्थित रहेको जनाइएको छ । बाढीका कारण सडक सञ्जालबाट जोडिएका विभिन्न स्थानहरुको सम्बन्ध बिच्छेद भएको बताइएको छ ।