images

धनुषाको मिथिला बिहारी नगरपालिकामा अख्तियारको छापा

काठमाडौं । धनुषाको मिथिला बिहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

ज्येष्ठ नागरिकको सम्मानका लागि रकम निकासा भएपनि सम्मान नगरिएको आरोपमा नगरपालिकामा अख्तियार बर्दिवासले छापा मारेको हो ।

नगरपालिका–९ अन्दुपट्टिका वडाध्यक्ष विन्देश्वर यादवले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमका लागि छुट्टयाइएको ४ लाख रुपैयाँ बजेट एक कर्मचारी राजकुमार मण्डलको नाममा पेश्की भुक्तानी लिएको तर सम्मान नगरेको उजुरी परेपछि अख्तियारले छापा मारेको हो । त्यस्तै, वैदेशिक रोजगारबाट फर्केका युवाहरुको लागि सीपमुलक तालिमका लागि ४ लाखको बजेटमा ३ लाख ९८ हजार ३ सय २५ रुपैयाँ भुक्तानी लिएको, वडा नं. ९ अन्तर्गत सडक बत्ती जडानका लागि ८ लाखमा ७ लाख ९२ हजार ९ सय २१ रुपैयाँ भुक्तानी लिएको तर काम नगरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

उजुरी परेका विषयमा अनुसन्धानका क्रममा नगरपालिका कार्यालयबाट कागजातहरु नियन्त्रणमा लिएको अख्तियारको बर्दिबास कार्यालयले जनाएको छ ।