images

भावना तामाङलाई १३ महिना कैद र पीडितलाई सुनसहित ९० लाख क्षतिपूर्ति भराउने फैसला

काठमाडौं । भक्तपुर जिल्ला अदालतले भावना तामाङलाई १ वर्ष ३ महिना १५ दिन कैद फैसला सुनाइएको छ ।

अदालतले ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावना तामाङलाई १ वर्ष ३ महिना १५ दिन कैद र पीडितलाई सुनसहित ९० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको हो । त्यसैगरी भावनालो झुक्यानमा पारी आफ्नो नाममा पास गरेकी जग्गा पनि फिर्ता हुने फैसला सुनाइएको छ ।

विवाहको नाटक गरी सम्पत्ति आफ्नो बनाएपछि जापान पुगेर डिभोर्स गर्न दबाब दिएकी भावना तामाङविरुद्ध फुर्वाले जिल्ला प्रहरी परिसर भक्तपुरमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दर्ता गराएका थिए ।

सोही जाहेरीमा अनुसन्धान गरी प्रहरीले सरकारी वकिलमार्फत २०७९ असार १० गते भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।