![](https://i0.wp.com/spacesamachar.com/wp-content/uploads/2023/08/130709736_784cdfc38ec92e77c13b75837250bcebccd116cb0_0_2200_14671000x667.jpg.webp?fit=976%2C549)
एजेन्सी । अमेरिकाको हवाई टापुको माउई जङ्गलमा लागेको डढेलोमा मृत्यु हुनेको संख्या ९३ पुगेको छ ।
आगो बस्तीसम्म फैलिँदा कयौँ मानिस घाईते भएका छन् । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भन्दै सर्वसाधारण क्रुद्ध भएका छन् ।
डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति भएको छ भने भवनहरू ध्वस्त भएका छन्, अस्पतालका भवन पनि भत्किएका छन् ।
अधिकारीहरूले दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएको तथा पाँच अर्ब ५० करोडभन्दा बढीको धनमाल क्षती भएको जनाइएको छ ।