images
images

सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा नेपालनजिकै रहेपनि जलवाष्पयुक्त वायु कम हुनाले आजदेखि तुलनात्मक रूपमा मौसममा क्रमिक सुधार हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।

महाशाखाका हनुसार हिजो अस्तिको जस्तो लगातार पानी परिरहने र धेरै भारी वर्षा हुने सम्भावना देखिदैन् । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान् छ।

काठमाडौं उपत्यकामा आंशिकदेखि सामान्य बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति कोशी, गण्डकी र बागमतीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान् छ।

अबको केही दिनमा मनसुनको न्यूनचापीय रेखा दक्षिणतिर सर्ने प्रक्षेपण छ। त्यसकारण पनि मौसम सुधारिने बताइएको छ।