images

कागबेनीमा बाढीले पक्की पुलसहित दश वटा घर बगायो

काठमाडौं । मुस्ताङको कागबेनीमा बाढीले पक्की पुलसहित दश वटा घर बगाएको छ ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नम्बर ४ स्थित कागखोलामा आइतबार राती आएको बाढीले दश वटा घर, निर्माणाधीन पक्की पुल, सडकलगायत संरचना बगाएको मुस्ताङका मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुपले बताए ।

लगातारको वर्षापछि बेलुकादेखि कागखोलामा लेदोसहित आएको बाढीले कागबेनीका ३१ घर पूर्ण क्षति भएका छन्। बाढीले केही विद्युतका पोलहरु समेत बगाएको छ । राती अचानक बाढी आएपछि मानिसहरु भागगाग गरेका थिए ।

कागबेनीको पक्की पुल बगेपछि माथिल्लो मुस्ताङतर्फको यातायात अवरुद्ध भएको छ । बाढीले घरहरु बगाउँदा कालिगण्डकी आंशिक रूपमा थुनिएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।