images

सप्तरी विष्णुपुर गाउँपालिकाका दुई कर्मचारी घुससहित  रंगेहात पक्राउ

काठमाडौं । सप्तरी विष्णुपुर गाउँपालिकाका दुई कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको टोलीले कम्प्युटर अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट २ लाख रुपैयाँ नगद र ३ लाखको चेक बरामद भएको अख्तियारले जनाएको छ ।

आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले सोलार बत्ती जडानलगायतका योजनामा सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा राजविराज–२ बाट उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ ।