images

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प चुनावी नतिजा उल्ट्याउन खोजेको आरोपमा दोषी ठहर

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई सन् २०२० को चुनावी नतिजालाई उल्ट्याउन खोजेको आरोपमा दोषी ठहर गरिएको छ । जर्जियाको अदालतले ट्रम्पलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो ।

फुल्टन काउन्टीको ग्रान्ड ज्युरीको तर्फबाट जारी गरिएको ४१–अभियोग पत्रमा ट्रम्पसहित अन्य १८ जनालाई दोषी ठहर गरिएको हो ।

यो वर्ष ट्रम्पलाई चौथो पटक आपराधिक मामिलाको अभियोग लगाइएको हो । यद्दपी ट्रम्पले भने सबै घटनाका आरोपहरु अस्वीकार गर्दै आएका छन् । यसअघि फुल्टन काउन्टी जिल्ला अधिवक्ता फानी विलिसले सन् २०२१ मा ट्रम्प र उनका सहयोगीविरुद्ध चुनावी हस्तक्षेपको आरोपमा अनुसन्धान सुरु गरेका थिए ।

ट्रम्पसंगै अभियोग लगाइएकाहरूको सूचीमा ट्रम्पका पूर्व वकिल रुडी जिउलियानी, ह्वाइट हाउसका पूर्व चीफ अफ स्टाफ लगाएत न्याय विभागका पूर्व अधिकारी पनि छन् ।