images

 राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति शीतल निवासमा अध्यक्ष ओली राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो । संसद्‌मा उत्पन्न गतिरोधजस्ता विषयमा राष्ट्रपति र अध्यक्ष ओलीबीच कुराकानी भएको छ।

सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै नेकपा एमालेले १० साउनदेखि संसद अवरोध गरिरहेको छ ।