images

महिला विश्वकप : अष्ट्रेलियालाई हराउँदै इङ्ल्याण्ड फाइनलमा

काठमाडौं । अष्ट्रेलियालाई हराउँदै इङ्ल्याण्ड महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

इङ्ल्याण्डले ३६ औं मिनेटमा इला टोनीको गोलबाट खेलमा अग्रता लिएको थियो । दोस्रो हाफमा ६३ औं मिनेटमा घरेलु टोलीका लागि फरवार्ड साम केरले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिईन् ।

त्यसपछि अष्ट्रेलियाको कमजोर डिफेन्डसको फाइदा उठाउँदै इङल्याण्डले दुई गोल थप्यो ।

७१ औं मिनेटमा लौरेन हेम्पले इङ्ल्याण्डलाई अघि बढाएकी थिईन् । खेल सकिन चार मिनेट अघि एलिसिया रुसोले अर्को गोल थप्दै इङ्ल्याण्डलाई फाइनलको यात्रा तय गराईन् ।

इङ्ल्याण्डले महिला विश्वकपको उपाधिका लागि अब स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।