images

चीनमा उमेर समूहको बेरोजगारी तथ्याङ्क सार्वजनिक गर्न रोक

काठमाडौं । चीनले बेरोजगारीको तथ्याङ्क सार्वजनिक गर्न रोकेको छ ।

हरेक महिना सार्वजनिक हुने तथ्याङ्कले पछिल्लो समय रेकर्ड बनाउन थालेपछि चीनले उमेर समूहको बेरोजगारी तथ्याङ्क सार्वजनिक गर्न रोक लगाइएको बीबीसीले जनाएको छ ।

गएको जुनमा सार्वजनिक भएको तथ्याङ्क अनुसार चीनका सहरी क्षेत्रमा १६ देखि २४ वर्ष उमेर समूहका युवामध्ये २१ दशमलव ३ प्रतिशत बेरोजगार रहेको सार्वजनिक भएको थियो ।

चीनको राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) ले पछिल्लो पटक अर्थतन्त्रका सूचकहरूको मासिक स्थिति सार्वजनिक गरे पनि यो उमेर समूहको बेरोजगारीबारे तथ्याङ्क सार्वजनिक गरेन ।

चीनले सन् २०१८ मा उमेर समूहको बेरोजगारीको तथ्याङ्क प्रकाशित गर्न थालेको थियो ।

चीनमा कोरोना महामारीपछि आर्थिक सुधार सुस्त गतिमा छ  ।