images

एमालेले सार्वजनिक कार्यकममा ओलीको मात्र फोटो प्रयोग गर्ने

काठमाडौं । नेकपा एमालेले सार्वजनिक कार्यकममा अध्यक्ष केपी शर्मा ओलीको मात्र फोटो प्रयोग गर्ने भएको छ ।

एमालेले पार्टी र मातहतका सार्वजनिक कार्यक्रमलाई छरितो र व्यवस्थित बनाउनका लागि पाँच बुँदे मापदण्ड बनाएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए । साउन २९ गते बसेको केन्द्रीय सचिवालय बैठकले कार्यक्रममा मञ्चको प्रयोग वक्ताले मात्र गर्ने समेत निर्णय गरेको छ ।

कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने’उनले सामाजिक सञ्जालमका लेखेका छन्, ‘मञ्चको प्रयोग वक्ताले मात्र गर्ने ।’

त्यसैगरी कार्यक्रममा तथा कार्यक्रम शुरु भएपछि आसनग्रहणको उद्घोषण गरिरहने परम्परा समेत अन्त्य गर्ने निर्णय गरेको छ ।

साथै कार्यक्रमलाई धेरै भड्किलो नबनाउनका लागि कार्यक्रममा ब्याज, खादा र मालाको प्रयोग समेत नगर्ने बताइएको छ ।

उनले भनेका छन्, ‘कार्यक्रममा तथा कार्यक्रम सुरु भएपछि आसन ग्रहणको उद्घोषण गरिरहेन परम्परा अन्त्य गर्ने,
कार्यक्रममा ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने र कार्यक्रमलाई भडकिलो नबनाउने ।’