images

क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बिहीबारको सुनवाइ पनि स्थगित भएको छ ।

जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलाशले गौशाला २६ की आमाको जन्ममिति फरक देखिएको भन्दै प्रमाणीकरण गर्न आदेश दिएको हो ।

इजलासले किशोरीकी आमाको उमेर २०५३ साल भएको पाइएपछि एकिन गर्न आदेश दिएको हो । त्यही विवरणका कारण पीडित भनिएकी किशोरी उनकी आमा ९ वर्षकी हुँदै जन्मिएको देखिन्छ । किशोरीको उमेर भने घटना हुँदाको समयमा १८ वर्ष पूरा भएको विवरण नारायणी अस्पतालले अदालतलाई पठाएको छ ।

विश्वकप छनोटका लागि सन्दीप जिम्बाबे प्रस्थान गरेयता उनीविरुद्ध मुद्दाको सुनुवाइले निरन्तरता पाउन सकेको थिएन । क्रिकेटर लामिछानेविरुद्ध गौशालास्थित एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको अभियोगमा मुद्दा परेको थियो ।