images

सहकारी संस्थाहरुको अनुगमन गर्न नसकेको भन्दै सरकारको आलोचना

काठमाडौं । प्रमुख राजनीतिक दलका नेताहरुले सहकारी संस्थाहरुको अनुगमन गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा नेताहरुले कडा कानून र अनुगमनमा बेवास्ता गर्दा सहकारी संस्थाहरुमा बिकृति मौलाएको दाबी गरे । सत्तारुढ माआवादी केन्द्रका नेता लिलामणि पोखरेलले सहकारी संस्थाहरु समाजवादमा जाने मुख्य आधार भएकाले सरकारले त्यसलाई सोही अनुसार अघि बढाउनुपर्नेमा जोड दिए ।

एमाले नेता खगराज अधिकारीले सरकारले ध्यान नदिएका कारण सहकारी संस्थाहरुमा विकृति भित्रिएको दाबी गरे । केही सहकारी संस्थाहरुको कमजोरीलाई लिएर सबै सहकारी उस्तै हुन भन्न नमिल्लेन उनको भनाइ छ ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का पूर्वअध्यक्ष केशव बडालले सहकारीबारे गहि¥याईमा पुगेर बुझ्न र त्यसको उचित व्यवस्थापन हुने गरी नीतिगत निर्णयहरु गर्न सरकारलाई आग्रह गरे ।