images

डेंगु संक्रमितको संख्या १४ हजार नाघ्यो, सुनसरीमा मात्रै ७ हजार ४ सय ९५ संक्रमित

काठमाडौं । डेंगु संक्रमितको संख्या १४ हजार नाघेको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७५ जिल्लामा १४ हजार ३५७ जनामा संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशका मुगु र हुम्लाबाहेकका सबै जिल्लामा डेंगी संक्रमण फैलिएको छ । डेंगुका ५ सयभन्दा बढी केश भएका ४ वटा जिल्ला रहेका छन् ।

त्यसमध्ये सुनसरी सबैभन्दा बढी प्रभावित छ । सुनसरीमा डेंगु संक्रमितको संख्या ७ हजार ४९५ पुगिसकेको छ । प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा धेरै कोशी प्रदेशमै संक्रमितको संख्या १० हजार ८१३ पुगिसकेको छ ।

त्यसैगरी बाग्मती प्रदेशमा २ हजार ९, गण्डकी प्रदेशमा ६ सय ३ र सुदूरपश्चिम प्रदेशमा ४ सय ५१ जना जनामा संक्रमण देखिएको छ । लुम्बिनी प्रदेशमा ३ सय ७, मधेश प्रदेशमा १ सय ३५ र कर्णाली प्रदेशमा ३९ जना संक्रमित भएका छन् ।