images

 युईएफए प्लेयर अफ दी इअरको मनोयन सार्वजनिक 

काठमाडौं ।  युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले प्लेयर अफ दी इअरको मनोयन सार्वजनिक गरेको छ ।

३ जनाको सूची सार्वजनिक गर्दा लियोनल मेसी, एर्लिङ हालान्ड र केभिन डी ब्रुएना रहेका छन् । ३ मध्य २ जना म्यानचेस्टर सिटीका रहेका छन् भने मेस्सी हालै पीएसजी छाडेर इन्टर मियामी पुगेका छन् ।

क्लब फुटबलमा पीएसजीबाट खेलेका मेस्सी अर्जेन्टिनाको कप्तान हुन् भने गत वर्ष विश्वकप पनि जिताएका थिए । यसैगरी सिटीका हालान्ड ब्रुएनाले गत सिजन ट्रेबल उपाधि जिताउन महत्वपूर्ण योगदान गरेका थिए ।