images

नेपाल प्रहरीका ५ एआईजी को सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका ५ अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत एआईजी दीपक थापालाई उपत्यका प्रहरी कार्यालयमा ल्याइएको छ भने उपत्यका प्रहरी कार्यालयका श्यामलाल ज्ञवालीलाई कार्य विभागमा सरुवा गरिएको छ ।

मानवस्रोत विकास विभागका सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, कार्य विभागकी मिरा चौधरीलाई प्रशासन विभागमा र प्रशिक्षण प्रतिष्ठानका टेकप्रसाद राईलाई मानवस्रोत विकास विभागमा सरुवा गरिएको छ ।

४ महिनाअघि मात्र एआईजीहरूको पदस्थापन गरिएको थियो ।