images

नेतृत्व वर्ग अझै केन्द्रिकृत मानसिकताबाट निर्देशित छ : विमलेन्द्र निधी

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले स्थानीय तहलाई दिएको अधिकार पनि केन्द्रिय तहबाटै निर्देशित हुनुपर्छ भन्ने मानसिकता हाबी भएको बताएका छन् ।

शनिबार काठमाडौंमा कांग्रेस स्व.नेता प्रदीप गिरीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संविधानले स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिएको भएपनि गृहमन्त्री वा प्रधानमन्त्रीले नै अधिकार प्रयोग गर्नुपर्छ भन्ने मानसिकताबाट नेतृत्व वर्ग निर्देशित रहेको निधीको भनाई छ ।

नेता निधीले अवशिष्ट अधिकार नेतृत्वले लिनका लागि संविधानमा राख्न पहल गर्दापनि कांग्रेसका नेताहरुले नमानेको भन्दै आपत्ति जनाए । उनले अवशिष्ट अधिकार सार्वभौम जनतामा निहीत हुनुपर्ने बताए ।

नेता निधीले स्व.गिरी बहुप्रतिभाशाली व्यक्ति रहेको उल्लेख गर्दै उनको जीवन राजनीतिक कर्मीका लागि प्रेरणादायी रहेको उल्लेख गरे ।