images

संसदको अवरोध हटाउन प्रधानमन्त्रीले पहलकदमी लिनुपर्छ : वरिष्ठ नेता चन्द

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले संसदको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पहलकदमी लिनुपर्ने बताएका छन् ।

शनिबार ललिपुरमा आयोजित कार्यक्रममा वरिष्ठ नेता चन्दले प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी संसदमा जारी अवरोध हटाउन ढिलाई गर्न नहुनेमा जोड दिए ।

फरक प्रसंगमा उनले पार्टी भित्र केही समस्या रहेको स्वकार गर्दै त्यसको समाधान विधि र विधान भित्रै रहेर हुने बताए ।