images

‘तस्बिरमा बालबालिका’ नामक फोटो प्रदर्शनी

काठमाडौं । काठमाडौंको वसन्तपुरमा ‘तस्बिरमा बालबालिका’ नामक फोटो प्रदर्शनी आयोजना गरिएको छ ।

१८४औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे) सिविन नेपालको सहयोगमा शनिवार एकदिने फोटो प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा बालबालिकाका गौरवगाथाहरुलाई चित्रण गर्ने खालका ६० भन्दाबढी तस्बिरहरु राखिएका थिए ।

बालबालिकाहरुमा खुशीयाली ल्याउन प्रर्दशनी आयोजना गरिएको एनएफपीजेका अध्यक्ष प्रदीपराज वन्तको भनाइ छ ।

‘बालबालिका राष्ट्रका गौरव हुन्’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रर्दशनीमा विभिन्न जिल्लाका बालबालिकाहरुले खुशीका साथ गरेका क्रियाकलापहरु समावेश गरिएको तस्बिरहरु छन् ।

एनएफपीजेले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसर पारेर खेल, मनोरञ्जन र काममा खुशीका साथ सहभागी भएका बालबालिकाहरुलाई थप उत्साही बनाउने उद्देश्यका साथ प्रदर्शनी गरिएको जनाएको छ ।