
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमले आफ्नो ११ औं अन्तर्राष्ट्रिय गन्तव्यका रुपमा साउदी अरेबियाको दमाममा उडानको मिति तय गरेको छ ।
निगमले यही भदौ २० गतेदेखि नियमित साउदी अरेबिया उडान गर्ने भएको हो । यसका लागि निगमले शनिबारदेखि बुकिङ खुला गरेको छ ।
यस रुटमा साताको दुई दिन बुधबार र शनिबार उडान हुने निगमले जनाएको छ । काठमाडौं–दमाम भाडा ३५ हजार रुपैयाँ तोकिएको छ । दमाम–काठमाडौंका लागि भने ५९५ साउदी रियल भाडा तोकिएको छ । साउदी धेरै नेपाली रोजगारीमा जाने गन्तव्य हो ।