images

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

आज भएको खेलमा युनाइटेड टोटनहम हटस्परसँग २–० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा टोटनहमले दुवै गोल दोस्रो हाफमा गरेको हो । ४९ औं मिनेटमा पेपेले गोल गर्दै टोटनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।

८३ औं मिनेटमा युनाइटेडका लिसान्द्रो मार्टिनेजले आफ्नै पोस्टमा गोल गरेपछि उपहार गोलको मद्दतले टोटनहमले अग्रता दोब्बर बनायो । पहिलो खेलमा बराबरी गरेको टोटनहमले युनाइेटडलाई जित्दै स्पष्ट ३ अंक लिन सफल भयो । युनाइटेडको भने यो पहिलो हार हो ।