images

ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने सीआईबीको तयारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ ।

सिआइबीले सो प्रकरणमा संलग्न दुई पूर्व प्रधानमन्त्री बाहेकको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो । बालुवाटारस्थित ललिता निवास जग्गा प्ररकणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि भने अनुसन्धान नहुने भएको छ ।

सर्वोच्च अदालतले २१ साउनमा मन्त्रिपरिषदको निर्णय तथा कार्य प्रमाणित गरी कार्यान्वयन गर्ने तहमा संलग्नहरुमाथि अनुसन्धान गर्न आदेश दिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालयले गत शुक्रबारभित्र अनुसन्धान प्रतिवेदन बुझाउन भनेको थियो तर सीआईबीले सरकारी वकिलको कार्यालयले दिएको समयसीमा भन्दा दुई दिनपछि आइतबार प्रतिवेदन बुझाउन लागेको हो ।