images

सुनको मुल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य सामान्य घटेको छ । आईतबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघल जनाएको हो ।

आज आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ कायम थियो र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम थियो ।

त्यैगरी,आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँ छ ।