
एजेन्सी रुसको अन्तरिक्ष यान लुना–२५ चन्द्रमामा दुर्घटनाग्रस्त भएको छ ।
रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले लुना–२५ मिसन चन्द्रमामा दुर्घटनाग्रस्त भएको जानकारी दिएको छ ।
एक दिनअघि मात्रै लुना–२५ अन्तरिक्ष यानमा प्राविधिक त्रुटि भएको थियो । यानलाई परिवर्तन गर्दा असामान्य अवस्था आएपछि दुर्घटना भएको हो ।
यसअघि रुसी एजेन्सीले लुना अगस्ट २१ मा चन्द्रमाको सतहमा अवतरण गर्ने बताएको थियो ।