images
images

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ जारी

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ जारी छ । सिंहदरबारमा आज संसदीय सुनुवाइ समितिमा उनको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको हो ।

संसदीय सुनुवाइ समितिले सोमबार बिहान उजुरीकर्तासँग छलफल गरेपछि श्रेष्ठसँग पनि छलफल सुरू गरेको हो । अअहिले श्रेष्ठले समितिमा आफ्नो प्रस्तुति दिइरहेका छन् ।त्यसपछि प्रश्नउत्तर हुनेछ ।

उनीविरूद्ध तीनवटा उजुरी परेको थियो । संवैधानिक परिषद्को बैठकले नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश लिएका थिए । संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गत साउन १८ गते सिफारिस गरेको थियो भने साउन २३ मा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS