images

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागिए जनाइएको छ ।

प्रदेशसभाको बैठक बोलाएर उपसभामुख सृजना दनुवार काठमाडौं गएपछि बैठक बस्ने नबस्ने अनिश्चित थियो। प्रदेशसभाको बैठक इस्राइल मन्सुरीले सञ्चालन गर्नेछन् ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।