images

पहिचानका आधारमा प्रदेशको नामकरण भए समाजका द्वन्द्व हट्ने महामन्त्री थापाको दाबी

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले पहिचानका आधारमा प्रदेशको नामकरण भए समाजका द्वन्द्व हट्ने दाबी गरेका छन् ।

पार्टी कार्यालय सानेपामा सोमबार आयोजित स्वर्गीय प्रदीप गिरीको स्मृतिसभामा महामन्त्री शर्माले प्रदेशको नामकरणको विषयमा प्रदीप गिरीको बिचारमा कांग्रेस सहमत हुनुपर्नेमा जोड दिए ।

आफू केही दिनअघि मात्रै झापा र इलाम पुगेर आएको भन्दै उनले कोशी प्रदेशमा नामकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गएको बताए । गिरिको विचारलाई जम्मा गरेर कांग्रेसले राख्ने हो भने मात्रै पनि २० वर्षसम्मका लागि कांग्रेसमा आउने समस्या सहजै समाधान गर्न सकिने उनको भनाइ छ ।

महामन्त्री थापाले कांग्रेसलाई बदल्न पार्टी सदस्यता र उम्मेदवार छनोट प्रक्रिया बदल्न आवश्यक रहेको पनि बताए ।