images

कोशी सरकारविरुद्ध एमाले सर्वोच्च जाने

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बुधबार सर्वोच्च अदालत जाने भएको छ ।

गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभामुखको हैसियतमा रहेका कांग्रेस सांसद इस्राइल मन्सुरीले मतदान गरेको विरोधमा एमाले अदालत जान लागेको हो ।

बैठकको अध्यक्षता गरिरहेका व्यक्तिले मतदान गर्नु असंवैधानिक र प्रदेश सञ्चालन नियमावलीविपरीत भएको एमालेको तर्क छ । एमालेले कोशी प्रदेश सरकार खारेज गर्न र ठूलो दलका हिसाबले एमालेले सरकार बनाउन पाउनु पर्ने माग रिट निवेदनमा गर्ने भएको छ ।