images

मन्त्रिपरिषदद्वारा प्रधानमन्त्री दाहालको न्यूयोर्क भ्रमण स्वीकृत

काठमाडौं । मन्त्रिपरिषदले प्रधानमन्त्री पुष्पकमल दाहालको न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री दाहाललाई भ्रमणको स्वीकृति दिएको हो ।

नेपाली प्रतिनिध मण्डलको नेतृत्व गर्दै दाहाल भदौ ३० गते अमेरिका जाने कार्यक्रम छ । त्यस्तै बैठकले स्वर्गीय गायक जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय पनि गरेको छ ।

सरकारले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई संलग्न धितोपत्र तथा निस्काषन सातौं संशोधन नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने पनि गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनाकारी दिइन ।

मन्त्री शर्माले सरकारले धुलिखेल अस्पताल आपत्कालीन केन्द्र सुधार परियोजनाको लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्व्ीकृत गरेको पनि जानकारी दिइन ।