images

इङ्ग्लिस प्रिमियर लिगमा आज ६ खेल हुँदै

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समय अनुसार बेलुका सवा ५ बजे बर्नमाउथ र टोटनहमबीच खेल हुनेछ ।

त्यस्तै, बेलुका पौने ८ बजे चार वटा खेल हुँदैछन् । यी खेलमा ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेस, आर्सनल र फुलहम, म्यानचेस्टर युनाइटेड र नटिङ्घम फरेस्ट तथा एभर्टन र उल्भ्सबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, राति सवा १० बजे ब्राइटन र वेस्टह्यामबीच खेल हुनेछ ।

प्रिमियर लिगमा गएराति भएको खेलमा चेल्सीले लुटन टाउनलाई हरायो । चेल्सीसँग लुटन टाउन ३–० गोलले पराजित भयो । चेल्सीका फरवार्ड रहिम स्टर्लिङले दुई तथा निकोलस ज्याक्सनले एक गोल गरे । यो सिजन चेल्सीको पहिलो जित हो ।