images

भ्रष्टाचार र संगठित अपराधविरुद्ध सत्य, तथ्य र निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै खबरदारी

काठमाडौं । मुलुकमा भ्रष्टाचारका घटनाहरु बढ्न थालेपछि त्यसको रोकथामका लागि नागरिकहरुले सडकबाट खबरदारी गरेका छन् । काठमाडौंको भद्रकालीमा शनिबार बृहत नागरिक आन्दोलनले विभिन्न नारासहित सरकारलाई खबरदारी गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा हिनामिना प्रकरण र ६० किलो अवैध सुन प्रकरण लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष छानबिन हुनुपर्ने नागरिकहरुको माग छ ।

ललिता निवास प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई छानबिनको दायरामा ल्याउन, सर्वोच्च अदालतले दिएको आदेशको यान्त्रिक पालना गरेको देखाउन बयान लिने औपचारिकता पूरा गरेर उनीहरूलाई अभियोजन नगरी साक्षीका रूपमा उन्मुक्ति दिएको भन्दै खबरदारी गरिएको हो ।