images

सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा दृढ छ : रक्षामन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा दृढ रहेको दाबी गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री खड्काले मुलुकमा भ्रष्टाचार र अनियमितताको नियन्त्रण गर्दै सुशासन कायम गर्नु सरकारको प्रमुख लक्ष्य रहेको बताए । भएका कमजोरीलाई सुधारेर देशभर सुशासनका लागि विशेष अभियान चलाउने तयारी भइरहेको उनको भनाइ छ ।

उनले सरकार दोषी छुट्नु हुँदैन र निर्दोष फस्नु हुँदैन भन्ने पक्षमा रहेर काम गरिरहेको पनि बताए ।

उपप्रधानमन्त्री खड्काले कुनैपनि खालको भ्रष्टाचार र अनियमितताको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए । उनले सरकारे एक महिनाभित्रै सुशासनको कार्ययोजना ल्याउने पनि बताए ।