images

नापी अधिकृत गिरीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नापी कार्यालय ललितपुरका नापी अधिकृत राजन गिरीसहित ७ जनाविरुद्ध विषेश अदालतका भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरी र मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत अम्बिकाप्रसाद नेपालसमेत ७ जनाविरुद्ध सरकारी कागजात हेरफेर एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

उनीहरुले टिकाथली–६ को कित्ता नं. १६९९ र १७०१ लाई कित्ताकाट गर्दा भू–उपयोग नियमावली, २०७९ मा उल्लिखित तोकिएको न्यूनतम मापदण्ड भन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गरी अनियमिता गरेको अख्तियारको दाबी छ । साथै बदनियतपूर्ण तरिकाले गरेको कामलाई ढाकछोप गर्न उनीहरुले नक्सा र फिल्डमा नभए पनि टायल चेकबाट बढी कायम गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।