images

विद्यार्थीमाथी यौन द्रुव्यवहार गरेको आरोपमा सञ्चालक राकेश यादव पक्राउ

काठमाडौं । विद्यार्थीसँग यौन दुव्र्यवहार गरेको आरोपमा वीरगञ्जस्थित पिस जोन एकेडेमीका सञ्चालक तथा प्रधानाध्यापक राकेश यादव पक्राउ परेका छन् ।

यादवले सोही विद्यालयमा पढ्ने बालिकालाई यौन दुव्र्यवहार गरेको जानकारी पाएपछि वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।