images

महिला टी-२० विश्वकप : नेपालको विजयी शुरुवात, मलेसिया ५ रनले पराजित

काठमाडौं । महिला टी-२० विश्वकपको एसियाली छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।

मलेसियाको बायोमास ओभल मैदानमा नेपालले मलेसियालाई ५ रनले पराजित गरेको हो । नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रन मात्र बनायो ।

मलेसियाका लागि उनिफ्रेड दुराईसिंघमले सर्वाधिक २८ रन बनाईन् ।

नेपालका लागि कविता कुँवर र कविता भट्टले समान २र२ तथा रुबिना क्षेत्री र अस्मिना कर्माचार्यले समान १र१ विकेट लिईन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो ।

नेपालका लागि ओपनर सिताराना मगरले ५४ बलमा १ चौकाको सहयोगमा अविजित ३८ रन बनाईन् ।

अप्सरी बेगमले १७ तथा कप्तान रुबिना क्षेत्रीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मलेसियाकी एना हमिजाले २ विकेट लिईन् । अब दोसो खेलमा नेपालले शुक्रबार बहराइनसँग खेल्नेछ ।

 प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । प्रतियोगितामा समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।