images

कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै छ ।

पूर्वमुख्यमन्त्री एवम् एमाले नेता हिक्मत कार्कीले दायर गरेको रिटमा यसअघि अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले अर्को पेसी आजका लागि तोकेको थियो ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका सांसदले समेत विश्वासको मत दिनुलाई सर्वोच्च अदालतले नेपालको संविधान, संसदीय अभ्यास र संवैधानिक नैतिकताको प्रतिकूल देखिएको जनाएको थियो ।

सर्वोच्चले यो मुद्दाको टुंगो नलागेसम्म थापा नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने कामन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चले मत बराबर भएको अवस्थामा बाहेक सभाको अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नहुने पनि उल्लेख गरेको छ ।

सर्वोच्चको यो आदेशसँगै कोशी सरकार कामचलाउ बनेको थियो ।