images

माओवादी इतिहासकै चुनौतिपूर्ण अवस्थाबाट गुज्रिरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । नेकपा मादोवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी इतिहासकै चुनौतिपूर्ण अवस्थामा रहेको बताएका छन् ।

आजदेखि देशभर सुरु भएको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियानको पार्टी कार्यालय पेरिस डाँडामा उद्घाटन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले विशेष अभियानबाट पार्टी एकतावद्ध भई फेरि बलियो बन्ने दाबी गरे। संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्वपूर्ण हुने अध्यक्ष दाहालको विश्वास छ । माओवादीले यस अभियानमार्फत आसन्न निर्वाचनमा जनताको ‘मन जितेर मत प्राप्त गर्ने’ उद्देश्य राखेको छ ।

गत साउन तेस्रो साता काठमाडौंमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश प्रत्येक घरघरमा पुर्‍याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुसार आजबाट देशभर एकैपटक तीन महिने र ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शुरु भएको हो ।