images

छोटो समय युद्ध विराम गरेर गाजामा अलपत्र नागरिकलाई इजिप्ट पठाउने तयारी

काठमाडौं । अमेरिका, इजरायल र इजिप्टले दक्षिणी गाजामा केही घन्टाका लागि युद्ध विराम गर्न तयार भएको बताएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार युद्ध विरामको समयमा इजिप्टसँगको नाका खुल्ला गर्ने र गाजामा फसकेका नागरिकहरूलाई तेस्रो देश जान दिन ३ देश सहमत भएको बताइएको छ ।

तर हमसाले भने युद्ध विरामका बारेमा आफूहरुलाई कुनै जानकारी नभएको बताएको रोयटर्सले नै जनाएको छ ।

सीमा नाका खुल्ला गर्नका लागि अन्तर्राष्ट्रिय सहायता एजेन्सीले इजिप्टमाथि दबाव दिँदै आएका थिए ।

अमेरिकाले शनिबार नै गाजामा रहेका आफ्ना नगरिकलाई सीमा नाका खुल्न लागेको भन्दै तयार रहन र सीमा नजिक जान निर्देशन दिएको थियो । एजेन्सी