images

३ पटक कोभिड जितेका पत्रकार सागर घिमिरेको अकस्मात निधन

काठमाडौँ । एएफपीमा कार्यरत पत्रकार सागर घिमिरेको निधन भएको छ ।

शुक्रबार अपरान्ह घिमिरेको उपचारका क्रममा टिचिङ अस्पतालमा निधन भएको उनको परिवारिक स्रोतले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि घिमिरे बिहीबार अस्पताल भर्ना भएर शुक्रबार बिहानै डिस्चार्ज भएका थिए । पुनः स्वास्थ्य समस्या देखिएपछि घिमिरे शुक्रबार अपरान्ह अस्पताल पुगेका थिए । चिकित्सकले उनको मुटु फेल भएको बताएका छन ।

यस अघि घिमिरे ३/३ पटक कोभिड संक्रमण भइ निको भएका थिए । कोभिडकै असरका कारण मुटुमा समस्या देखिएको र सोही कारण निधन भएको अनुमान गरिएको छ ।

दाङ स्थाइ घर भएका घिमिरेले बिगतमा न्यु बिजनेस एज, रिपब्लिका दैनिकमा काम गरेका थिए । नेपाल आर्थिक पत्रकार समाज (सेजन)का सदस्य घिमिरे हाल भने एएफपीमा मात्र कार्यरत रहेका थिए। घिमिरेको आमा, दिदी र भिनाजु हुनुहुन्छ ।