images

पाल्पा दुर्घटना : मृतक ६ जना मध्ये ४ जना लोहनी परिवारका, चालक गम्भीर घाइते

रामपुर (पाल्पा)। पाल्पाको रानिमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको कार रानिमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा छ जनाको घटना स्थलमै मृत्यु भएको ।

मृत्यु हुनेमा पाँच जना नवलपरासी(बर्दघाट सुस्ता पूव) जिल्लाका रहेका छन् ।

नवलपरासी देवचुली नपा-१६ रजहर का बस्ने ३६ वर्षका ईश्वरबहादुर लोहनी चालक गम्भीर घाइते भएका छन् । उनको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्त एवं प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार मृत्यु हुनेमा देवचुली-१६ रजहरका अन्दाजी ५६ वर्षकी पार्वती लोहनी, सोही ठेगानाका वर्ष ३५ की सबिता धिताल, सोही ठेगानाका ११ वर्षका सबिस लोहनी, अढाई वर्षका ईसव लोहनी र अन्दाजी ६५ वर्षका कृष्णबहादुर लोहनी रहेका छन् । अर्का एक जना लमजुङ वेसीसहर वडा नं २ भकुण्डे बस्ने अन्दाजी ५५ वर्षकी चुना धिताल रहेकी छिन् ।

आइतबार बेलुका करिब ४ बजे तानसेन-१३ स्थित बैकुण्ठेभीरबाट कार १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बागमती प्रदेश ०१-०२६-७२०९ नम्बरको कार दुर्घटना भएको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रबक्ता एवं प्रहरी निरीक्षक चन्दले बताए । दुर्घटना भएसँगै जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मा नेतृत्वको टोली उद्धारमा खटिएको थियो ।