images

बारामा गोली हानेर शिक्षकको हत्या, घाँटी र छातीमा चार राउन्ड गोली

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–६, मा अज्ञात व्यक्तिको गोली प्रहारबाट शिक्षकको मृत्यु भएको छ ।

दिउँसो मोटरसाइकलमा आएको समूहले गोली चलाउँदा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) को मृत्यु भएको हो ।

गोली लागेलगत्तै उपचारका लागि कलैया अस्पताल लगिएको पनि उपचार सम्भव नभएपछि बयोधा अस्पताल पुर्‍याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं रेफर गर्ने तयारी गर्दै गर्दा चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए ।

उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको थियो ।