images

जाजरकोट भूकम्प : मृतकको संख्या १५७ पुग्यो, झण्डै ४०० जना घाइते

काठमाडौं । जाजरकोट भूकम्पमा परि अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ भने करिब ४०० जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय, जाजरकोटका अनुसार भेरी नगरपालिकामा मात्र ४२ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । सबभन्दा बढी नलगाड नगरपालिकामा ५५ जनाको मृत्यु भएको छ भने कुशे गाउँपालिकामा ७ र छेडागाड नगरपालिकामा १ जना गरी जिल्लामा १०५ जनाले ज्यान गुमाएका छन् ।

यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा ५१ जनाको मृत्यु भएको छ । ७८ जना घाइते भएका छन् । रुकुममा आठबीसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिका बढी प्रभावित भएको छ ।

आठबीसकोटका ४२ रसानेभेरीका १० जनाको मृत्यु भएको छ । खोज, राहत र उद्धारलाई प्रभावकारी बनाउन करिब ४५० जना प्रभावित क्षेत्रमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको बारेकोट गाउँपालिका–१ लाई केन्द्र बनाएर राति ११ बजेर ४७ मिनेटमा ६.४ रेक्टरको भूकम्प गएको थियो । भूकम्प तुलनात्मक रुपमा कम रेक्टरको भए पनि राति सबै जना सुतिसकेपछि आउँदा ठूलो जनधनको क्षति भएको हो ।