images

सरकारले ल्यायो ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका’, जथाभावी गरे फन्दामा परिने

काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त निर्देशिका कार्यान्वयनमा जानेछ ।

निर्देशिकाका विषय सार्वजनिक भइसकेका छैनन् । यद्यपि सरकारले सामाजिक सञ्जाल सञ्चालनलाई नियमन गर्न खोजेको सरकारी अधिकारीहरु बताउँछन् ।