images

भक्तपुरको मुख्य बजार क्षेत्र कौशलटारमा चितुवा भेटियो, आक्रमणबाट दुई जना घाइते

काठमाडौं । भक्तपुरको कौशलटार बजार क्षेत्रमा चितुवा फेला परेको छ ।

चितुवालाई नियन्त्रणमा लिन डिभिजन वन कार्यालय काठमाडौंका वन अधिकृत अशोक पराजुली नेतृत्वको टोली कौशलटारमा खटिएको छ ।

एक घरको बाउन्ड्री भित्र कुनामा लुकेर बसेको चितुवालाई बेहोस गरेर नियन्त्रणमा लिने तयारी गरिएको छ ।

चितुवा फेला परेपछि डिभिजन वन कार्यालय भक्तपुरले डिभिजन वन कार्यालय काठमाडौंको टोलीलाई खबर गरेको थियो । त्यसपछि पराजुलीको नेतृत्वमा टोली परिचालित भएको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चितुवाको आक्रमणबाट दुई जना सामान्य घाइते भएका छन् ।

उक्त चितुवालाई नियन्त्रणमा लगेपछि कहाँ लगेर छोड्ने भन्ने खुलाइएको छैन ।