images

दुबईमा अलपत्र परेका नेपालीको उद्दार र पुनः रोजगारीका लागि काम गर्दै ‘बाहुन डन’ !

काठमाडौं। ‘बाहुन डन’ भनेर चिनिएका सुजन पौडेलले दुबईमा व्यवसाय सुरु गरेका छन् ।

उनले केहीदिन अगाडी मात्र दुबईमा म्यानपावर कम्पनी स्थापना गरेर व्यवसायमा हात हालेका हुन् ।

दुबईमा अलपत्र परेका नेपालीलाई रोजगारीसँग जोडेर
व्यवसाय र समाजसेवा दुवै गर्ने उद्देश्यले यो व्यवसाय सुरु गरेको उनले बताए ।

भिजिट भिसामा दुबईमा लगेर कैयौँ एजेन्टहरूले थुप्रै नेपाली युवायुवतीलाई अलपत्र पारिरहेको बेला यो कम्पनीले उनीहरूलाई सहजीकरण गर्ने उनलेे दाबी गरेका छन् ।

उनको यो सुजनकुमार ह्यूमन रिरोर्सोज कम्पनीले दुबईबाटै युरोपेली देशमा रोजगारीका लागि जान चाहने नेपालीका लागि पनि सेवा दिनेछ।

कम्पनी सुरु गरेसँगै उनले दुबईमा रोजगारी गरिरहेका र त्यहाँ अलपत्र परेका नेपालीहरुका बारेमा अध्ययन पनि सुरु गरेका छन् ।

कम्पनीले फसेका नेपालीको उद्धार र पुनः रोजगारका लागि काम गर्ने उनले बताए।