images

भरुवा बन्दुकको गोली लाग्दा सशस्त्र प्रहरी जवानको मृत्यु, शिकारी शेरबहादुर पक्राउ

दाङ । दाङमा भरुवा बन्दुकको गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा कार्यरत जुगारु चौधरी रहेका छन् ।

उनको घर घोराही उपमहानगरपालिका-७ हर्निया हो । उनी जंगलमा पात टिप्न गएको बेला भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो ।

चौधरीको हत्या आरोपमा प्रहरीले घोराही–५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ गरेको छ ।

बिहीबार सशस्त्र प्रहरी जवान चौधरीको स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला शिकार खेल्न गएका शेरबहादुर केसीले चलाएको गोलीको छर्रा छातीमा लागेको थियो ।