काठमाडौं । टिकटकलाई प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
टिकट बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार हुनुपर्नेम त्यसो नभएको भन्दै त्रिपाठीले सर्वोच्च अदालतमा रिट निवेदन दिएको जिकिर गरेका छन् ।
अभिव्यक्ति स्वतन्त्रताको समेत हनन हुने दाबी गर्दै त्रिपाठीले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका हुन् ।
कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।