images

देवेन्द्रराज कँडेल कांग्रेसको सहकारी विभागको प्रमुखमा मनोनित

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल पार्टीको सहकारी विभागको प्रमुखमा मनोनित भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले कँडेललाई सहकारी विभागको प्रमुखमा नियुक्त गरेका हुन् । नवलपरासीका कँडेल पूर्व गृहराज्य मन्त्री हुन् ।

सभापति देउवाले १५ भदौमा १५ विभागका प्रमुख तोकेका थिए ।१५ विभागको प्रमुख तोकेपनि पूर्णता भने पाउन सकेका छैनन् । प्रत्येक विभागमा प्रमुखसहित ५१ जना सम्मको समिति बनाउन सकिने विधानको व्यवस्था छ ।

कांग्रेसको विधान अनुसार महाधिवेशन सकिएको छ महिना भित्र विभाग गठन गरिसक्नुपर्ने व्यवस्था छ ।