images

वामपन्थी शक्ति नमिली हुँदैन भन्ने पपुलिष्ट कुरा नगर्नुहोस्ः ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ सालको निर्वाचन भनेको नेकपा एमालेको एकल बहुमतका लागि भएको टिप्पणी गरेका छन।

बुधबार नेकपा एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्। बैठकलाई सम्बोधन गर्दै ओलीले भने,एउटा सर्त छ,‘हामीले बहुमत ल्याएपछि अरुलाई पनि सरकारमा सामेल गर्न सक्छौं ।तर हाम्रा नीति र आचरणमा चल्नुपर्छ उनले भने,‘हाम्रा नीति अनुरुप चल्दा मात्रै हामी सरकारमा सहकार्य गर्न सक्छौं।’उनले एमालेका नीतिलाई अग्रभाग राखेर मात्रै अघि बढ्न सकिने बताए।

उनले नेपालमा वामपन्थी र दक्षिपन्थी गरी दुई शक्ति भएको समेत बताए। उनले वामपन्थी नमिलि हुँदैन भन्ने पपुलिष्ट कुरा समेत नगर्न पार्टी कार्यकर्ताहरुलाई आग्रह गरे।

अध्यक्ष ओलीले भने, ‘वामपन्थी शक्ति नमिली हुँदैन भन्ने पपुलिष्ट कुरा नगर्न म अनुरोध गर्छु । आफूले राजनीति सुरु गर्दादेखि नै वामपन्थी विभाजितै अवस्था थियो । त्यतिबेलादेखि माला जपेको हो । एउटा एकता गर्दा दुईवटा फुट्छ ।’ उनले देश र जनता प्रति इमानको राजनीति गर्नु पर्ने बताए । उनले अहिलेको गठबन्धन सरकारले अर्थतन्त्रलाई सकारात्मक पाटोमा फर्काउन नसक्ने आलोचना गरे।